+
+
Shares

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङसँग गान्सुमा भेटवार्ता गरेकी छन्।
  • भण्डारीको भ्रमण टोलीमा एमाले नेताहरू समावेश छन् र उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पनि भेट गरेकी छन्।
  • भेट सबैभन्दा महत्त्वपूर्ण भएको र यसलाई नेताहरूले बताए।

१७ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार चीनको गान्सुमा भेटवार्ता भएको हो ।

चीन भ्रमणमा रहेकी भण्डारीले गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको नेताहरूले बताएका छन् ।

यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा छिन् । भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल छन् ।

एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट भ्रमण टोलीमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?