+
+
Shares

मान्छेबाट मारिएका पशुपंक्षीको सम्झनामा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा राष्ट्रिय पशुपक्षीं अधिकार दिवसको अवसरमा पशु अधिकारको जागरूकता बढाउन दीप प्रज्वलन र श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरियो।
  • कार्यक्रमले पशु पीडालाई उजागर गर्दै क्रूरतारहित जीवनशैलीको प्रवर्द्धन र पशु अधिकारको घोषणापत्र पढियो।
  • विश्वभर ५० भन्दा बढी देश र १५० भन्दा बढी शहरमा आयोजना भएको यस उत्सवले पशु शोषण विरुद्ध जागरूकता फैलाएको छ।

१८ जेठ, काठमाडौं । मान्छेले कति पशुप्राणीलाई आफ्नो भोजन बनाए ? कतिलाई काटमार गरे ? कतिलाई तड्पाउँदै बन्धक बनाए ? यसको कुनै हिसाब किताब छैन । किनभने सदियौंदेखि पशुपंक्षीमाथि मान्छेहरू हावी हुँदै आए र उनीहरू लाई आफ्नो स्वादको स्रोत बनाए ।

विगतमा भोजन उपलब्ध नहुँदा वा सीमित खानेकुराको अभाव टार्न मान्छेले आफूजस्तै प्राणीको शरीरलाई भोजन बनाए । अहिले स्वाद र विलासितासँगै मासु खाने क्रम बढ्यो । भनिन्छ, मान्छेको क्रय क्षमता बढेसँगै मासुको खपत पनि बढ्दै गयो ।

यसरी मान्छेबाट आहार र अन्य कारणले मारिएका सम्पूर्ण पशुपंक्षीको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरियो । राष्ट्रिय पशुपक्षीं अधिकार दिवसको अवसरमा स्वयम्भूस्थित भगवानपाउ पार्कमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रम मान्छेबाट मारिएका सबै पशुपक्षींको स्मरणमा २ मिनेटको मौन धारणा गरी सुरु भएको थियो । त्यसपछि पशुपंक्षीको सम्झनामा दियो बालियो र पशुपंक्षीका तस्वीरमा फूल चढाएर श्रद्धाञ्जलिसमेत दिइएको थियो ।

राष्ट्रिय पशुपक्षीं अधिकार दिवस संसारभरका विभिन्न शहरहरूमा आयोजित वार्षिक उत्सव हो । यो दिन पशु अधिकारको बारेमा जागरूकता बढाउन समर्पित छ । यो कार्यक्रमले मानव हातबाट आफ्नो ज्यान गुमाएका अरबौँ जनावरहरूको सम्झनामा, जनावरहरूको पीडा तथा शोषणलाई उजागर गर्ने गरेको छ ।

साथै भिगन जीवनशैलीका फाइदाहरूबारे जनतालाई शिक्षित गर्ने र पशु अधिकार अभियानमा भएको प्रगतिको उत्सव मनाउने गरिन्छ । यस वर्ष, नार्ड विश्वको ५० भन्दा बढी देश र १५० भन्दा बढी शहरहरूमा आयोजना गरिएको छ ।

कार्यक्रममा पशुपंक्षीलाई कष्ट नदिइकन, पशुको माछामासुलगायत भोजन नखाई पनि जीवन जिउन सकिन्छ भनी सहभागीहरू ले आ–आफ्नो अनुभव र उदाहरण सुनाएका थिए ।

सहभागीहरूले पशुका पीडा पोख्ने खालका कथा र कविता वाचन गरे । मौन धारण, फूल चढाउने र दियो बाल्ने कार्यसँगै पशु अधिकारको घोषणापत्रसमेत पढिएको थियो । उपस्थिति सबैले क्रूरतारहित जीवनशैलीमा प्रतिबद्ध हुने बताए र पशु अधिकारको घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङको गीत प्रस्तुति र रघु आदित्यले लेखेको पुस्तक ‘शाकाहार तर्काधार’ सार्वजनिक गरियो ।

कार्यक्रमको अन्त्यमा कथाघेरा प्रोडक्सनद्वारा रचित ‘एनिमल फार्म’को एडप्टेसनबाट एक गीतको विशेष प्रस्तुति रह्यो । यस वर्षको नार्डमा लभिङ हार्ट भिगन रेस्टुरेन्ट, वाईट लोटस्, भिगन हाउस, सारा बेक्स भिगन, बेटर ब्याटर भिगन, सो भिगनलगायतको साथ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?