+
+
Shares

राजावादी प्रदर्शनमा पक्राउ परेका एक जना हिरासतमै, रक्सी खाएर छाडा बोलेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले १८ जेठ काठमाडौंमा राजावादी प्रदर्शनको क्रममा पक्राउ परेकामध्ये डा. राजिब झालाई हिरासतमा राखेको छ।
  • प्रहरीले बताए अनुसार, उनले मापसे सेवन गरी अपशब्द बोल्ने कार्य समेत गरेको पाइएको छ।
  • अन्य पक्राउ परेकामध्ये राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंह जिम्मा जमानीमा छाडिएका छन्।

१८ जेठ, काठमाडौं । आइतबार दिउँसो राजावादी प्रदर्शनको क्रममा पक्राउ परेकामध्ये एक जनालाई भने हिरासतमै राखिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेकामध्ये डा. राजिब झालाई हिरासतमै राखिएको हो ।

पक्राउ परेकामध्ये झाले मापसे सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, उनले मापसे सेवन गरी भिडमा अपशब्द बोल्ने कार्य समेत गरेको पाइएको छ ।

सोही आन्दोलनको क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंह लगायत ७ जनालाई भने जिम्मा जमानीमा छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?