+

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज

२०८२ जेठ  १९ गते १९:२५ २०८२ जेठ १९ गते १९:२५
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मस्तिष्कमृत्यु भएका व्यक्तिको अंगबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरी १९ दिनपछि बिरामीहरू डिस्चार्ज भए।
  • नेपालमा पहिलो पटक यस्तो जटिल प्रत्यारोपण सफल भएको र यसले नेपाली स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताइएको छ।
  • शल्यक्रियामा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरूले विश्वस्तरीय सेवा प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गरिएको छ।

१९ जेठ, काठमाडौं । मस्तिष्कमृत्यु भएका व्यक्तिको अंग पाएर मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज भएका छन् । मकवानपुरका ५१ वर्षीय शिव महर्जनको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यही जेठ १ गते दुवै अंग प्रत्यारोपण गरिएको थियो ।

१९ दिनपछि सोमबार साँझ उनलाई डिस्चार्ज गरिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।

सडक दुर्घटनामा परी काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारत १८ वर्षीय पुरुषको मस्तिष्क मृत्यु भएपछि उनको परिवारले अंगदान गरेको थियो ।

डा.पुकारकै नेतृत्वमा नेपाली चिकित्सक, स्वास्थ्यकर्मीको टिमले एकै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण गरेको थियो ।

मृतकबाट प्राप्त एउटा मिर्गौला भने ४२ वर्षीया महिलालाई प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरिएको फूलमाया नेपाली भने १४ गते नै डिस्चार्ज भएको केन्द्रले जानकारी दिएको छ ।

अति जटिल प्रत्यारोपण गरी बिरामीलाई निको बनाएर घर पठाउन पाउँदा निकै हर्षित भएको डा.पुकारले बताए । नेपाली स्वास्थ्य क्षेत्रका लागि यो ठूलो उपलन्धि भएको उनको भनाइ छ ।

दुवै अंग प्रत्यारोपण गरी डिस्चार्ज भएका शिव महर्जन र उनका परिवारले शल्यक्रियामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई विशेष धन्यवाद दिए । यस्तो जटिल शल्यक्रिया गरी न्यूनतम शुल्कमा यति छिटो नेपालमै प्रत्यारोपण हुन सक्छ भनेर कल्पना नै गर्न नसकेको महर्जनले बताए । डा.पुकारको नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्वस्तरीय सेवा दिएको भन्दै खुसी व्यक्त गरे । आफ्नै देशको सेवामा आश्वस्त हुन उनले अरु नेपालीलाई समेत आग्रह गरे ।

अंग दिएर नयाँ जीवन दिन मृतकको परिवार र अंगदानका लागि पहल गर्ने काठमाडौं मेडिकल कलेज अस्पतालप्रति पनि आभार प्रकट गरे ।

नेपालमा यो खालको प्रत्यारोपण पहिलो पटक भएको हो ।  यस्तो जटिल शल्यक्रिया विश्वमै कम मात्रै हुने डा.पुकारको दावी छ ।

कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रविण महर्जनलगायतको टोली सहभागी थियो । मिर्गौला प्रत्यारोपण गर्ने टिममा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का लगायत थिए ।

एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।

नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्य लगायतका स्वास्थ्यकर्मी सहभागी भएका थिए।

केन्द्रले देशमै पहिलो पटक २०७४ साल वैशाख २८ गते मस्तिष्क मृत व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि हालसम्म ६ जना व्यक्तिबाट १२ जनाको मिर्गौला र ४ जनाको कलेजो गरी जम्मा १५ जनाको प्रत्यारोपण भएको छ ।

प्रत्यारोपण मस्तिष्कमृत्यु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज

दिमागमा सकारात्मक भन्दा नकारात्मक सोच किन धेरै आउँछ ?

दिमागमा सकारात्मक भन्दा नकारात्मक सोच किन धेरै आउँछ ?

छोरीको पहिलो महिनावारी सहज बनाउने तरिका

छोरीको पहिलो महिनावारी सहज बनाउने तरिका

उच्च रक्तचाप भएका व्यक्तिले बिहानदेखि बेलुकासम्म के-के खाने ?

उच्च रक्तचाप भएका व्यक्तिले बिहानदेखि बेलुकासम्म के-के खाने ?

पेट मात्रै होइन शरीरका अन्य अंगमा पनि असर गर्छ झाडापखालाले

पेट मात्रै होइन शरीरका अन्य अंगमा पनि असर गर्छ झाडापखालाले

सुर्तीजन्य पदार्थ छाड्न खोज्नेका लागि देशभर सहायता केन्द्र आवश्यक छ

सुर्तीजन्य पदार्थ छाड्न खोज्नेका लागि देशभर सहायता केन्द्र आवश्यक छ