
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभामा निजामती सेवा विधेयकको प्रतिवेदन पेस हुँदैछ।
- विधेयक २०८२ मा संसदमा आएको हो र प्रदेश निजामती सेवामा समावेश हुन्छ।
- संसदले पारित गरेपछि विधेयक राष्ट्रपतिको प्रमाणीकरणपछि लागू हुनेछ।
२० जेठ, काठमाडौं । निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुँदैछ । सभाको बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
उक्त बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।
२१ फागुन २०८० मा संसदमा आएको उक्त विधेयक राज्य व्यवस्था समितिबाट पास भएर अगाडि बढेको हो । संघीयता कार्यान्वयनसँग जोडिएको यो विधेयक ऐनमा रुपान्तरित भएपछि प्रदेश निजामति सेवा कार्यान्वयनमा आउनेछ ।
प्रदेश प्रमुख सचिव संघीय सेवाको हुनेगरी विधेयक अगाडि बढेको छ । प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुनेछ । तर, प्रदेशमा प्रदेश सचिव तयार नहुँदासम्म संघबाट १० वर्षसम्म खटाउन सकिने प्रावधानसहित विधेयक अगाडि बढेको छ ।
ट्रेड युनियन लगायतका व्यवस्थालाई यथावत राख्दै अगाडि बढेको विधेयक संसदीय समितिबाट पास भएर सभामा पेस गर्न लागिएको हो । प्रतिनिधिसभाले पास गरेपछि यो विधेयक राष्ट्रियसभामा जान्छ ।
राष्ट्रियसभाले पनि पारित गरेपछि विधेयक पुनः प्रतिनिधिसभा हुँदै राष्ट्रपतिकोमा पुग्छ । राष्ट्रपतिपले प्रमाणीकरण गरेपछि ऐनमा रुपान्तरण भएर लागु हुन्छ ।
प्रतिक्रिया 4