
News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको चन्द्रनिगाहपुरमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई व्यक्तिको मृत्यु भयो।
- मृत्यु भएका व्यक्तिहरू सर्लाही रामनगरका धिरेन्द्र ठाकुर र भगिया देवी हुन्।
- दुर्घटनामा दुई जना उपचारमा रहेका छन् र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
२१ वैशाख, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देविको मृत्यु भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किएको थियो ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरित दिशाबाट आएको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा ठोक्किएको हो ।
गाडिमा सवार रहेकामध्ये दुई जना उपचार भइरहेको तथा अन्यको अवश्था सामान्य रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4