
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘मोहर’को नयाँ पोस्टर साउन २३ गतेबाट रिलिज हुने घोषणा गरिएको छ।
- पोस्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखाइएको छ, जसले दोहोरो भूमिकाको सम्भावना दर्शाउँछ।
- फिल्मको टिजर जेठ २७ गते सार्वजनिक हुनेछ र कथामा ‘अलिखित नियमहरू’ आधारित रहेको बताइएको छ।
काठमाडौं । साउनको २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मोहर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको नयाँ पोस्टर खास केही कुरा बताउन खोजेको देखिन्छ ।
पोस्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिन्छ । उनी अभिनेत्री बेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् । यता, उनी छोटो कपालको साथमा नीति शाहको अँगालोमा बाँधिएको देख्न सकिन्छ ।
यसले, कतै पल फिल्ममा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुनसक्छ । फिल्म ‘मोहर’लाई ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको छ ।
यो फिल्मको टिजर जेठ २७ गते सार्वजनिक हुँदैछ । पोस्टरबाटै दर्शकमाझ निर्माणपक्षले कौतुहलता जगाउन खोजेको प्रष्ट हुन्छ । टिजर सार्वजनिक भएपछि फिल्मको बारेमा दर्शकले अझै थप बुझ्न सक्ने निर्माणपक्षले बताएको छ ।
चुम्बनजंग शाहीको निर्माणमा तयार भएको यो फिल्ममा अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बालकलाकार सारा शर्माको पनि मुख्य भूमिका छ । दिपेन बस्न्यातको छायांकन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रुपमा छन् ।
प्रतिक्रिया 4