News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्जित डङ्गोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ओपन जुडो च्याम्पियनसिप २०२५ मा उपाधि जिते।
- प्रतियोगिता काठमाडौंको मल्टिपर्पोज मार्शल सेन्टरमा सम्पन्न भयो ।
२५ जेठ, काठमाडौं । सञ्जित डङ्गोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ओपन जुडो च्याम्पियनसिप – २०२५ ‘बेस्ट अफ दि बेस्ट’ मा उपाधि जितेका छन् ।
मल्टिपर्पोज मार्शल सेन्टरमा सम्पन्न प्रतियोगितामा नेपालका उत्कृष्ट ९ टिम — सशस्त्र प्रहरी बल (एपीएफ), क्लोज प्रोटेक्सन जुडो डोजो (सिपिजे), मल्टिपर्पोज मार्शल आर्ट सेन्टर (एमएमएसी), नेपाल प्रहरी क्लब (एनपीसी), प्रिजनर्स असिस्टेन्स मिसन (प्याम), प्राइम जुडो डोजो (पीजेडी), पारा जुडो डोजो (नेपाल सेना), रसुवा र त्रिभुवन आर्मी क्लब (टीएसी) — साथै दुई विदेशी टोली त्रि फोर्स जुडो क्लब (भुटान) र जुडो क्लब रिज्मोन्ड जुडो (नेदरल्यान्ड्स) सहभागी थिए।
महिला ५७ केजी मुनिको तौल समूहमा नेपाल प्रहरीकी मनिताले प्राइम जुडोकी पेमा याङजी शेर्पालाई पराजित गर्दै पहिलो स्थान हासिल गरिन्। यस विधामा प्रहरीकै प्रतिभा पुलामी मगर र एपीएफकी रत्ना तामाङ तेस्रो स्थानमा संयुक्त रूपमा रहिन्।
महिला ७८ केजी मुनिको समूहमा दिलकुमारले आर्मी क्लबकी निर्मला घर्ती मगरलाई पछि पारिन्। यस विधामा प्रहरीकी निशा चौधरी र आर्मीकी सविना श्रेष्ठले तेस्रो स्थान साझा गरे।
पुरुष ७३ केजी मुनि तौल समूहमा एपीएफका प्रमोदले रसुवाका सुनील नगरकोटीलाई हराउँदै स्वर्ण पदक जिते। यस समूहमा धीरेन्द्र थारु र भुटानका तान्दिन वाङचकु तेस्रो भए।
एक सय केजी मुनि समूहमा प्रहरीकै सञ्जित डङ्गोल र मधु रोका मगर पहिलो र दोस्रो स्थानमा रहे। प्रहरीकै धनबहादुर आले र आर्मीका राजेश चौधरी तेस्रो भए।
नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवाल र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरे।
प्रतिक्रिया 4