+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ११:०५

२५ जेठ, काठमाडौं । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका छन् ।

‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि अनिश्चितकालीन आन्दोलन थालेका हुन् ।

निर्देशक समितिमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।

यो निर्देशक समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको सो बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आजदेखि देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?