News Summary
Generated by OK AI. Editorially reviewed.- डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको फाइनलमा पाँचौं सेटमा जित हासिल गरे।
- अल्काराजले ५ घण्टा २९ मिनेटको खेलमा यानिक सिनरलाई पराजित गरे।
- उहाँले यो उपाधि पाँचौं ग्रान्डस्लाम जित्दै म्याच पोइन्ट बचाउने दोस्रो खेलाडी बन्नुभयो।
२६ जेठ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको फाइनलमा दुई सेटले पछि परेको अवस्थाबाट शानदार कमब्याक गर्दै उपाधि जितेका छन् ।
स्पेनी युवा खेलाडी अल्काराजले इटालीका यानिक सिनरलाई हराएका हुन्। ५ घण्टा २९ मिनेट चलेको यो ऐतिहासिक खेलमा सिनरलाई ४-६, ६-७ (४-७), ६-४, ७-६ (७-३), ७-६ (१०-२) को सेटमा हराउँदै अल्काराजले रोमाञ्चक जित दर्ता गरे।
खेलको चौथो सेटमा सिनरले ५-३ को अग्रता लिएका थिए र तीनवटा च्याम्पियनसिप पोइन्ट पनि पाए, तर अल्काराजले असाधारण प्रदर्शन गर्दै खेल जिते।
फ्रेन्च ओपन लगातार २ पटक जितेका २२ वर्षीय अल्काराजको यो पाँचौं ग्रान्डस्लाम उपाधि हो।
यो जितसँगै अल्काराज म्याच पोइन्ट बचाएर ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडी बने । २०१९ को विम्बलडन फाइनलमा नोभाक जोकोभिचले रोजर फेडेररविरुद्ध च्याम्पियनसिप पोइन्ट बचाउँदै पुनरागमन गरेका थिए ।
प्रतिक्रिया 4