
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता प्रकाश सपुतले फिल्म ‘मिरमिरे’ साइन गरेका छन्, जसमा दयाहाङ राई पनि मुख्य भूमिकामा छन्।
- निर्देशक यम शेर्पाले कलाकार छनोट प्रक्रिया जारी रहेको र बजारले रुचाएका कलाकारलाई नै रोज्ने बताए।
- फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा प्रस्तुत गर्नेछ र २०८२ मा प्रदर्शन हुने योजना छ।
काठमाडौं । अभिनेता प्रकाश सपुतले फिल्म ‘मिरमिरे’ साइन् गरेका छन् । यसअघि यो फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई अनुबन्धित भैसकेका छन् ।
होमप्रोडक्सनको ‘वसन्त’ रिलिजपछि सपुतले हालै ‘माइतीघर’मा काम गरेका थिए । ‘मिरमिरे’मा पहिलोपटक दयाहाङ र प्रकाशले सहकार्य गर्न लागेका हुन् ।
अन्य कलाकारबारे निर्माताले हालसम्म जानकारी दिएका छैनन् । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ’ निर्देशक यम शेर्पाले भने, ‘हामी अहिले बजारले रुचाएका र अभिनयमा पकड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।’
प्रकाश यो फिल्ममा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्ने तय छैन । फिल्म राम्रो बनाउन कुनै सम्झौता नगर्ने उनले दोहोर्याए । ‘मिरमिरे’ यमको दोस्रो निर्देशन हो ।
यसअघि ‘कार्साङ’ निर्देशक गरेका यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताए । अभिनेता प्रकाश सपुतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुसी व्यक्त गरे ।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने निर्देशक यमले जानकारी दिए । निर्देशनसँगै कथावस्तु पनि यम स्वयमले लेखेका हुन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् ।
‘मिरमिरे’लाई २०८२ मा प्रदर्शन तयारी छ ।
प्रतिक्रिया 4