
News Summary
Generated by OK AI. Editorially reviewed.- दिक्पाल कार्कीलाई भक्तपुरबाट पक्राउ गरिएको छ।
- उनीसहितको समूहले १४ जेठमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रेक्टरको कार्यालयमा तोडफोड गरेको थियो।
- प्रहरीले उनीलाई तोडफोड र तालबन्दीको आरोपमा पक्राउ गरेको जनाएको छ।
२७ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले बताए ।
उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो ।
सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।
स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए ।
उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4