
News Summary
Generated by OK AI. Editorially reviewed.- किरण थापा लगायत नेताहरूले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छोडेर पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा खादा र माला लगाएर स्वागत गरे।
- उनीहरूले पहिले नयाँ शक्तिमा लाग्दै माओवादी छोडेका थिए।
२७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय सचिवालय सदस्य किरण थापा लगायत नेताहरू पुनः नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
थापासहित कास्की अध्यक्ष राजु क्षेत्री, शम्भु खाती, लक्ष्मी खातीलगायत माओवादी प्रवेश गरेका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई खादा, माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
यसअघि उनीहरू बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लाग्दै माओवादी छाडेका थिए ।
अहिले पश्चगामी शक्ति सक्रिय भइरहेको परिस्थितिमा गणतन्त्रलाई मजबुद बनाउन फेरि माओवादीमै फर्किएको थापाले प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4