+
+
Shares

काठमाडौं महानगरमै अशुद्ध पानी, आपूर्तिकर्तासँग सम्झौता रद्द

पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २ वैशाख २०८१ मा सम्झौता गरेर सेवा लिन थालिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्ता सीएन इन्टरप्राइजेजको सम्झौता भङ्ग गरेको छ।
  • कृषि तथा पशुपन्छी विभागले प्राविधिक परीक्षणमा कोलिफर्म भेटिएपछि सम्झौता रद्द गरेको जनाएको छ।
  • सम्झौता २ वैशाख २०८१ मा भएको थियो र जरिबाना २ लाख रुपैयाँ तोकिएको छ।

२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको छ ।

महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी आपूर्ति गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।

‘यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिबाना तोकिएको छ,’ पत्रमा छ ।

सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको हो । पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २ वैशाख २०८१ मा सम्झौता गरेर सेवा लिन थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?