+

टेस्ट च्याम्पियनसिप फाइनल : अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जित्यो

२०८२ जेठ  २८ गते १५:०७ २०८२ जेठ २८ गते १५:०७
टेस्ट च्याम्पियनसिप फाइनल : अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जित्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे।
  • खेलमा मौसम आंशिक बादल र हावाको अवस्था रहेको छ।
  • पिच समान र चुनौतीपूर्ण भए पनि दोस्रो दिन ब्याटिङ उपयुक्त हुन सक्ने अपेक्षा छ।

२८ जेठ, काठमाडौं । इंग्ल्याण्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा आजदेखिस सुरु भएको विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जितेको छ ।

दक्षिण अफ्रिकी कप्तान टेम्भा बाभुमाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । त्यहाँको मौसम हाल आंशिक रूपमा बादल लागेको अवस्था छ भने हावा चलेको छ, जसले सुरुवातमा बलरहरूलाई फाइदा दिन सक्छ।

पिच रिपोर्ट अनुसार खेलभर समान किसिमको पिच खेल्ने अपेक्षा गरिएको छ। यद्यपी, दोस्रो दिन ब्याटिङ गर्न सबैभन्दा उपयुक्त हुन सक्ने सम्भावना छ। लेग साइडमा ६३ मिटर र अर्को छेउ ६७ मिटर लामो छ भने स्ट्रेट बाउन्ड्री अझै लामो छ।

लर्ड्सको प्रसिद्ध ‘स्लोप’ले खेलमा थप चुनौती ल्याउनेछ । विशेषगरी सुरुवाती लाइन र लेन्थ मिलाउन बलरहरू सजग रहनुपर्नेछ।

प्लेइङ ११

दक्षिण अफ्रिका: एइडेन मार्करम, रायन रिकेलटन, ट्रिस्टन स्टब्स, टेम्बा बाभुमा (कप्तान), डेविड बेडिङहाम, काइल भेरेन (विकेटकिपर), वियान मुल्डर, मार्को जानसेन, केशव महाराज, कागिसो रबाडा, लुंगी एन्गिडी

अस्ट्रेलिया: उस्मान ख्वाजा, मार्नस लबुशेन, स्टिभ स्मिथ, ट्राभिस हेड, क्यामरन ग्रीन, बियु वेब्स्टर, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लायन, जोश हेजलवुड

विश्व टेस्ट च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय