
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक २९ जेठमा विपक्षी दलहरूको अवरोधका कारण स्थगित भयो।
- भविष्यको बैठक भोलि दिउँसो १ बजे बस्नेछ।
- गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले संसद् अवरोध गरेका छन्।
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा स्थगित भएको छ । विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्नेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।
सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् ।
यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार भोलिदेखि नियमित रुपमा संसद् चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4