
२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न जारी मतदानमा साँझ ६ बजेसम्म १०४७ मत खसेको छ ।
कीर्तिपुरमा जारी सम्मेलनमा १५४१ प्रतिनिधि सहभागी छन् ।
‘प्रति घण्टा डेढ सय जति मत खसिरहेको छ । यस्तै हो भने राति १० बजेसम्म मतदान हुने देखिन्छ,’ निवर्तमान अध्यक्ष समिक बडालले भने ।
अनेरास्ववियुको अध्यक्ष पदमा प्रकाश पौडेल र सुजन कडरियाबीच प्रतिस्पर्धा छ ।
दुवै जना प्यानल सहित मैदानमा छन् । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरुलाई समेटेर प्यानल बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4