 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार पाँच दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ।
- गत मंगलबार १ लाख ९० हजारमा कारोबार भएको सुन आइतबार १ लाख ९७ हजार ७ सय रुपैयाँ पुगेको छ।
- सुनको मूल्य वैशाख ९ गतेको रेकर्ड मूल्यभन्दा केही कम भए पनि उच्च स्तरमा स्थिर रहेको छ।
१ असार, काठमाडौं । पाँच दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । पाँच दिनमै मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँ बढेको छ ।
गत मंगलबार प्रतितोला १ लाख ९० हजारमा कारोबार भएको सुन आज आइतबार १ लाख ९७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आजको भाउ ४ सय रुपैयाँ बढी हो । यसअघि वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । उच्च मूल्यमा पुगेर चाँदी स्थिर रहेको छ । चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा स्थिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4