+
+
Shares
नेटफ्ल्क्सि :

‘स्क्विड गेम’ सिजन ३ को अन्तिम ट्रेलर सार्वजनिक

सबैजना श्रृंखलाका मुख्य पात्र गि-हुन खेलमा कसरी फर्किन्छन् र बदला लिन्छन् भन्ने कुरा जान्न चाहन्छन् । उनले यो रक्तपातपूर्ण खेललाई कसरी पर्दाफास गर्नेछन् भन्ने कुरा जान्ने आशा दर्शकको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘स्क्विड गेम’को तेस्रो सिजनको अन्तिम ट्रेलर रिलिज भएको छ, जसमा मुख्य पात्र गि-हुनको खतरनाक रूप देखाइएको छ।
  • निर्माताले ट्रेलरमा नयाँ नियम र खेलको झलक दिएका छन्, जसले सिजनलाई धेरै रोमाञ्चक बनाउने संकेत गर्दछ।
  • सिजन ३ २७ गते नेटफ्लिक्समा स्ट्रिम हुनेछ, र यसले अन्तिम लडाइ र बदला लिने कथालाई उजागर गर्नेछ।

काठमाडौं । ‘स्क्विड गेम’को तेस्रो सिजनको अन्तिम ट्रेलर रिलिज भएको छ, जुन निकै मर्मस्पर्शी र सशक्त छ । यसका अघिल्ला दुबै श्रृंखलाले नेटफ्ल्क्सिमा भ्यूअर्ससिपमा कीर्तिमान रचेका छन् ।

दोस्रो सिजन रिलिज तयारीमा छ । दर्शक नयाँ तर अन्तिम श्रृंखलालाई लिएर अधैर्य छन् । किनकी यसमा अन्तिम लडाइ देखाइनेछ ।

सबैजना श्रृंखलाका मुख्य पात्र गि-हुन खेलमा कसरी फर्किन्छन् र बदला लिन्छन् भन्ने कुरा जान्न चाहन्छन् । उनले यो रक्तपातपूर्ण खेललाई कसरी पर्दाफास गर्नेछन् भन्ने कुरा जान्ने आशा दर्शकको छ ।

यसैबीच, निर्माताले ’स्क्विड गेम’ को तेस्रो सिजनको अन्तिम ट्रेलर जारी गरेका छन् । ट्रेलरमा, खेलाडी नम्बर ४५६ अर्थात् गि-हुनको खतरनाक रूप देखाइएको छ । उनी यो रक्तपातपूर्ण खेल अन्त्य गर्न दृढ छन् । यसका लागि उनी जुनसुकै हदसम्म जान तयार छन् ।

ट्रेलरको सुरुमा, गि-हुन अर्थात् खेलाडी नम्बर ४५६ लाई देखाइएको छ, जसलाई खेलाडी नम्बर १४९ ले सोध्छन्- जे भयो त्यसको लागि तपाईं किन आफूलाई जिम्मेवार ठान्नुहुन्छ ? मैले जे भने पनि, यो जीवन धेरै क्रूर छ ।’

यसपछि, गि-हुन छोरीको बारेमा सोच्छन् र सँगै बिताएका क्षणहरू सम्झन्छन् । बीचमा, गि-हुनले अन्य खेलाडीलाई यो खेल खतरनाक छ र उनीहरूको ज्यान लिन सक्छ भनेर कसरी बुझाउने प्रयास गर्छन् भनेर देखाइएको छ ।

अन्त्यमा, यो खेलको हाकिमले गि-हुनलाई भेट्न बोलाएको देखाइएको छ । त्यसपछि गि-हुन भन्छन् कि उनी यो खेल बन्द नगरेसम्म आराम गर्ने छैनन् । अब हेर्न बाँकी छ कि गि-हुनले यो खेल कसरी पर्दाफास गर्छन् र अनुहारमा लागेको मास्क कसरी हटाउन सक्षम हुनेछन् ।

’स्क्विड गेम सिजन ३’ जुन २७ देखि नेटफ्लिक्समा स्ट्रिम हुनेछ । ट्रेलरले केही नयाँ नियम र खेलको झलक पनि दिन्छ, जसले यो सिजन धेरै ट्विस्टले भरिएको र धेरै रोमाञ्चक हुने देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?