 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मानव अधिकार आयोगले प्रेस र अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि सरकारलाई ध्यानाकर्षण गराएको छ।
- आयोगले पत्रकार तथा सञ्चारगृहमाथि धम्की र दुर्व्यवहार रोक्न र घटना दोहोरिन नदिन आग्रह गरेको हो।
- आयोगले पत्रकारिताको मर्यादा र सत्यता कायम राख्न समेत सञ्चार क्षेत्रलाई आग्रह गरेको छ।
१ असार, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन ल्याउने कार्यलाई प्रश्रय नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार आयोगले एक विज्ञप्ति जारी गर्दै पत्रकार तथा सञ्चारगृहमाथिको धम्की, दुर्व्यवहार जस्ता कार्य बन्द गर्न र यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराएको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘.. राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनप्रदत्त सूचना तथा सञ्चारको हकको संरक्षण गर्दै पत्रकार तथा सञ्चारगृहमाथिको धम्की, दुर्व्यवहार जस्ता कार्य बन्द गर्न, यस्ता घटना दोहोरिन नदिने अवस्थाको सिर्जना गर्न, प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको पूर्ण रुपमा रक्षा गर्न र पत्रकारको सुरक्षामा संवेदनशील हुन आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।’
साथै पत्रकारिताको आचारसंहिता र व्यवसायिक मर्यादाको सीमाभित्र रहेर सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी आमसञ्चार जगतको गरिमा कायम गर्नसमेत आयोगले पत्रकार तथा सञ्चार गृहहरूलाई आग्रह गरेको छ ।
हेर्नुहोस् आयोगको विज्ञप्ति :

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4