
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा त्रुटि पाइएको छ।
- बजेट बक्तव्यमा उल्लेख भएअनुसार कुल खर्च रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार छ।
- तर, चालु र पुँजीगत बजेट जोड्दा ४० करोड बढी हुन्छ।
१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको बजेट नै त्रुटिपूर्ण रहेको पाइएको छ।
अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षका लागि कुल खर्च रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको घोषणा गरेका हुन् । बजेट बक्तव्यमा सोही ब्यहोरा उल्लेख छ ।
तर कुल विनियोजित बजेटको चालू र पुँजीगत जोड्दा ४० करोड बजेट बढ्छ ।
कुल विनियोजनमध्ये चालुतर्फ रु. १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पुँजीगततर्फ रु. ३० अर्ब २६ करोड २८ लाख ३४ हजार बजेट रहेको छ । यी दुई बजेटलाई जोड्दा जोड्दा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बजेट हुन पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4