+
+
Shares

३ अमेरिकी सहरमा ‘यो मन त मेरो नेपाली हो’को विशेष शो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई अमेरिकी सहरहरू ओहायाको कोलम्बस र पेन्सिलभेनिया ह्यारिसबर्ग र पिटर्सबर्गमा विशेष प्रदर्शन गरिएको हो।
  • निर्माताले पिटर्सबर्गमा आयोजित विशेष शोमा दर्शकहरूले यसलाई रुचाएको र नेपाली कलासंस्कृतिक जोगाउनुपर्छ भन्ने सन्देश बोकेको प्रतिक्रिया दिएका छन्।
  • फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई लगायत कलाकारहरूले अभिनय गरेका छन् र यो असार २७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारी छ।

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई विभिन्न अमेरिकी सहरमा विशेष प्रदर्शन गरिएको छ । ओहायाको कोलम्बस र पेन्सिलभेनिया ह्यारिसबर्ग र पिटर्सबर्गमा स्थानीय दर्शकलार्ई फिल्म देखाइएको हो ।

सोमबार पिटर्सबर्गमा आयोजित विशेष शोमा फिल्म हेरेका दर्शकले यसलाई रुचाएको निर्माताले बताएका छन् । फिल्म हेरेका दर्शकले नेपाली कलासंस्कृतिक जोगाउनुपर्छ भन्ने सन्देश बोकेको फिल्म दर्शनीय रहेको प्रतिक्रिया दिएका थिए ।

फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशीको अभिनय छ ।

पद्मा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् । फिल्मको पटकथा शिवम अधिकारीले लेखेका हुन् ।

सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन, समीर मियाको भीएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको नृत्य, बनिश शाहको सम्पादन र सत्यम रानाको सीजीआई छ ।

दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्युङ राईको संगीत छ । यो फिल्म असार २७ गतेदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?