News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा क्लब विश्वकप २०२५ मा अर्जेन्टिनी क्लब रिभर प्लेटले जापानी क्लब उरावा रेड डायमन्ड्सलाई पराजित गर्यो।
- जर्मन क्लब बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसी बीचको खेल गोलरहित बराबरीमा समाप्त भयो।
- दक्षिण अफ्रिकी क्लब मामेलोदी सनडाउन्स एफसीले दक्षिण कोरियाली क्लब उल्सन एचडीलाई १-० ले पराजित गर्यो।
४ असार, काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ मा अर्जेन्टिनी क्लब रिभर प्लेटले विजयी सुरुवात गरेको छ भने जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ।
मंगलबार राति सम्पन्न समूह ‘इ’ को खेलमा अर्जेन्टिनी क्लब रिभर प्लेटले जापानी क्लब उरावा रेड डायमन्ड्सलाई ३-१ ले पराजित गर्यो ।
रभर प्लेटका लागि १२औं मिनेटमा फाकुन्डो कोलिडियोले पहिलो गोल गरे । दोस्रो हाफको ४८औं मिनेटमा सेबास्टियन ड्रइसीले गोल गर्दै अग्रता दोब्बर पारे ।
५८औं मिनेटमा युसुके मात्सुओले पेनाल्टीमार्फत गोल गर्दै उरावालाई खेलमा फर्काउने प्रयास गरेपनि ७३औं मिनेटमा रिभर प्लेटका म्याक्सिमिलानो मेजाले गोल गरेपछि ३-१ को जित निकाल्न सफल भयो ।
त्यस्तै, समूह ‘एफ’ अन्तर्गतको अर्को रोमाञ्चक खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीसँग गोलरहित बराबरीमा रोकिएको छ।
बुधबार विहान सम्पन्न खेलमा दक्षिण अफ्रिकी क्लब मामेलोदी सनडाउन्स एफसीले दक्षिण कोरियाली क्लब उल्सन एचडीलाई १-० ले हरायो ।
प्रतिक्रिया 4