+

फिफा क्लब विश्वकपमा युभेन्ट्सको फराकिलो जित

२०८२ असार  ५ गते १०:४८ २०८२ असार ५ गते १०:४८
फिफा क्लब विश्वकपमा युभेन्ट्सको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालियन क्लब युभेन्ट्सले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा अल अइनलाई ५-० ले पराजित गर्‍यो।
  • खेलमा रान्डल कोलो मुआनी, फ्रान्सिस्को कोन्सेकाओ र केनान यिल्डिजले गोल गरे।
  • युभेन्ट्स समूह जी को शीर्ष स्थानमा छ र म्यानचेष्टर सिटी पनि विजयी भएको छ।

५ असार, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा युएईको अल अइनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

जितसहित प्रतियोगित सुरु गरेको युभेन्ट्स ३ अंक जोडेर समूह जी को शीर्ष स्थानमा छ । म्यानचेष्टर सिटीको पनि ३अंक नै भएपनि युभेन्ट्स गोलअन्तरमा अघि छ ।

अमेरिकाको आउदी फिल्डमा बिहीबार भएको खेलमा युभेन्टसका लागि रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सेकाओले दुई-दुई गोल गरे भने केनान यिल्डिजले एक गोल गरे ।

कोलो मुआनीले ११औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै कोनसेकाओले २१औं र ५८औं मिनेटमा गोल गरे । यिल्डिजले ३१औं मिनेटमा गोल गरेका थिए ।

समूह जी कै अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले मोरोक्कोको वायडाड कासलाब्लाङ्कालाई २-० ले हराउँदै विजयी सुरुवात गरेको छ ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय