+

फिजियोथेरापिस्टको दरबन्दी नबढाएको भन्दै फिजियोथेरापी संघको असन्तुष्टि

२०८२ असार  ५ गते १८:१६ २०८२ असार ५ गते १८:१६
फिजियोथेरापिस्टको दरबन्दी नबढाएको भन्दै फिजियोथेरापी संघको असन्तुष्टि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल फिजियोथेरापी संघले संघीय दरबन्दीमा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाएको निर्णयमा असन्तुष्टि व्यक्त गरेको छ।
  • संघले हालै प्रकाशित निर्णयलाई आपत्तिजनक र दुर्भाग्यपूर्ण भन्दै सेवाको माग बढ्दै जाँदा दरबन्दी थप गर्नुपर्ने माग गरेको छ।

५ असार, काठमाडौं । स्वास्थ्य सेवा समूहको संघीय दरबन्दीमा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएको भन्दै नेपाल फिजियोथेरापी संघले गम्भीर असन्तुष्टि प्रकट गरेको छ।

संघले बुधबार वक्तव्य जारी गरी हालै प्रकाशित स्वास्थ्य सेवा समूहको संघीय दरबन्दीमा फिजियोथेरापिस्टको दरबन्दी नबढाइनु आपत्तिजनक भएको बताएको हो ।

देशभर फिजियोथेरापी सेवाको माग बढिरहेका बेला दरबन्दी नबढाउनु दुर्भाग्यपूर्ण निर्णय भएको संघको भनाइ छ ।

जनसंख्या वृद्धि हुनु, दुर्घटनाहरू बढ्ने र पछिल्ला दिनमा देखिने रोगको प्रवृत्तिले पनि फिजियोथेरापी उचपारको आवश्यकता बढ्दै गएको संघका अध्यक्ष समिद कुमार कतिला श्रेष्ठले बताए । यो अवस्थामा दरबन्दी नथपिनु दुःखद् रहेको श्रेष्ठको भनाइ छ ।

‘नेपालमा फिजियोथेरापी सेवाको माग तीव्र रूपमा बढिरहेको छ’ श्रेष्ठले भने, ‘दीर्घकालीन रोगहरूको उपचारमा फिजियोथेरापीको भूमिका अत्यन्त महत्वपूर्ण बनिरहेको सन्दर्भमा दरबन्दी नबढाउने सरकारको निर्णय दुर्भाग्यपूर्ण हो ।’

देशभर फिजियोथेरापी सेवाको माग बढिरहेका बेला सरकारको यो निर्णयले दक्ष जनशक्तिलाई विदेशिन प्रोस्साहित गर्ने उनको भनाइ छ । फिजियोथेरापीको दरबन्दी थप गर्ने गरी निर्णय पुनारावलोकन गर्नुपर्ने आफूहरूको माग रहेको श्रेष्ठले बताए ।

फिजियोथेरापी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अस्पतालको दरबन्दीमा व्यवस्थापकीय जनशक्तिलाई बेवास्ता गरिएको गुनासो

अस्पतालको दरबन्दीमा व्यवस्थापकीय जनशक्तिलाई बेवास्ता गरिएको गुनासो

अस्पतालको नेतृत्वमा अस्पताल व्यवस्थापन अधिकृत नै किन ?

अस्पतालको नेतृत्वमा अस्पताल व्यवस्थापन अधिकृत नै किन ?

गर्भावस्थाको अन्तिम महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको अन्तिम महिना के गर्ने, के नगर्ने ?

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

मासु खान हतार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम