+

राष्ट्रिय मुवाँथाई शुक्रबारदेखि

२०८२ असार  ५ गते २३:०३ २०८२ असार ५ गते २३:०३
राष्ट्रिय मुवाँथाई शुक्रबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय मुवाँथाई संघले दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता ५ असारमा काठमाडौंको नेसनल बिजनेस ट्रेड सेन्टरमा हुनेछ।
  • प्रतियोगितामा जम्मा २० स्पर्धामा ८७ खेलाडी सहभागी हुनेछन्, जसमा १३ पुरुष र ७ महिला स्पर्धा समावेश छन्।
  • प्रतियोगिता दुई दिनसम्म चल्नेछ र ६ प्रदेश र नेपाल एपीएफ क्लबका खेलाडीहरू भाग लिनेछन्।

५ असार, काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा एमेच्योरतर्फ जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा १३ र महिलामा ७ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

प्रतियोगितामा ६ प्रदेश र नेपाल एपीएफ क्लबबाट ८७ खेलाडी सहभागी हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा खेलाइने छ ।

राष्ट्रिय मुवाँथाई प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय