+
+
Shares

योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १५:०६

७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्धित रहेको बताएका छन् ।

शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग योगको सम्बन्ध रहेको उनको भनाइ थियो ।

‘योगको सम्बन्ध, इजरायल र इरानका बीचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस्, स्टप होस् भन्ने कुरासँग सम्बन्धित छ । दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग, यस्तो प्रयाससँग सम्बन्धित छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो नराम्रा कुरासँग सम्बन्धित छैन । युद्ध मान्छे मारामारको अवस्थालाई भनिन्छ, साँढे जुधाइलाई युद्ध भनिँदैन ।’

योगको सम्बन्ध परलोकसँग नभइ यही लोकसँग सम्बन्धित रहेको उनले जिकिर गरे । यदी यम नियम मानिँदैन भने जति आसन र प्राणयाम गरे पनि समाजका लागि फाइदा नहुने प्रधानमन्त्री ओलीले बताए ।

‘योगका यदी यम नियम मानिँदैन भने जति आसन गर्नुस्, प्राणयाम गर्नुस्, आफ्ना लागि त होला, समाजका लागि हुँदैन, समाजमा व्यक्तित्व बन्दैन,’ उनले भने, ‘ध्यानले मात्र पुग्दैन । कर्मयोग र कर्मठ योगबिना हामीले ध्यान मात्रै गर्ने हो भने काम छैन । योगको सम्बन्ध परलोकसँग होइन, यो लोकसँग छ । मानव जातिसँग छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?