+
+
Shares

त्रिपाठीको प्रश्न- बजेट छलफलमा कर, राजश्व प्रणाली र भन्सारको कुरा किन उठेन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १४:५३

९ असार, काठमाडौं । पूर्वसांसद हृदयश त्रिपाठीले बजेटमाथिको छलफल फितलो भएको टिप्पणी गरेका छन् ।

संसद्‌मा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा कुन क्षेत्रमा कति बजेट पर्‍यो भन्ने विषय प्राथमिकतामा परेको उनको गुनासो थियो । तर, यो भन्दा महत्त्वपूर्ण विषय करको दरको विषयमा सांसदहरूको ध्यान जान नसक्नुले बजेट छलफल फितलो हुन पुगेको उनको भनाइ छ ।

‘कर, राजश्व प्रणाली र भन्सारमा हुन्छ विकृति र विसंगति । तर, यसबारे संसद्मा छलफल नै हुन सकेन,’ त्रिपाठीले अनलाइनखबरसँग भने, ‘कसको निर्वाचन क्षेत्रमा कति बजेट गयो भनेर छलफलमा प्राथमिकता पायो । तर, कर र भन्सारका दरले धेरै ठूलो अर्थ राख्छ । बिचौलियाले खेल्ने पनि करकै दरमा हो । यसबारे प्रश्न नउठ्दा सरकारलाई हाइसन्चो भयो होला ।’

गत जेठ १५ गते आएको बजेट आएको थियो । सुरुमा सामान्य छलफल भयो । यही जेठ ५ गतेदेखि मन्त्रालयगत छलफल भयो ।

मंगलबार बजेट पारित गर्ने कार्यसूची छ । तर, बजेटमाथिको छलफल छलफल जस्तो हुन नसकेको त्रिपाठीको टिप्पणी छ ।

सरकारले पनि बजेटमाथि धेरै छलफल नचाहेको जस्तो देखिएको उनले बताए । ‘सरकारले पनि धेरै छलफल चाहेको देखिएन । कर्मकाण्ड पूरा गर्ने मतदान गर्नेतिर गएको देखियो,’ उनी भन्छन्, ‘यस्तो प्रवृतिले संसदीय गरिमालाई भने खस्काएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?