+

हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम

२०८२ असार  ९ गते १६:१४ २०८२ असार ९ गते १६:१४
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सायम कलेजले आयोजना गरेको हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता असार ९ गतेदेखि सुरु हुनेछ।
  • प्रतियोगितामा २८ टिम सहभागी हुने र पुरस्कारमा नगद सहित गिफ्ट भौचर प्रदान गरिनेछ, जसको लागत करिब ५ लाख ५० हजार छ।
  • प्रतियोगिता भक्तपुरको दिव्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा तीन दिनसम्म सञ्चालन हुनेछ।

९ असार, काठमाडौं । सायम कलेजको आयोजनामा हुने हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहने भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु हुनेछ ।

प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । प्रिन्सिपल पाण्डेले विद्यार्थीको क्षमता बढाउन कलेजले विद्यार्थीले गर्ने हरेक कार्यक्रममा भरपुर सहयोग गर्दै आएको बताए ।

सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी हुने छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिव्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा हुनेछ ।

सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए ।

प्रायोजकमा एथर इनर्जी, पठाउ नेपाल, उप्स नेपाल, मेडेक्स मल्टी स्पेसिएलिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, पार्क भिलेज रिसोर्ट, सूर्य नेपाल, जस्मिन पेन्ट्स र बेन नेभिस रहेका छन् ।

सायम अन्तरकलेज फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय