+
+
Shares

८ लाख खाँदा मिलापत्रमा उम्किएका नासु १० लाख असुल्न खोज्दा समातिए

सीआईबी हिरासतमा रहेका नासु पशुपति अधिकारी यसअघि पक्राउ परेर पनि मुद्दा नचली उम्केको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नायव सुब्बा पशुपति अधिकारीलाई पुनः हिरासतमा लिएको छ।
  • उनीसहितको समूहले नक्कली कागजात बनाएर १० लाख रकम असुल्ने प्रयास गरेको आरोप छ।
  • उनीहरू माथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

१० असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका नायव सुब्बा (नासु) पशुपति अधिकारी यसअघि पक्राउ परेर पनि मुद्दा नचली उम्केको पाइएको छ ।

विदेशमा मृत्यु भएकाको परिवारलाई सरकारले दिने राहत तथा क्षतिपूर्ति रकम पीडित परिवारलाई नदिई उनले लिएको पाइएपछि यसअघि पक्राउ परेका थिए ।

त्यतिबेला उनीसहित ८ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । सुरुमा ६ जनालाई २३ चैत २०७९ मा पक्राउ गरिएको थियो ।

त्यसको दुई दिनपछि नासु अधिकारी र एक बीमा अधिकृत पक्राउ परेका थिए । त्यतिबेला नासु अधिकारी वैदेशिक रोजगार बोर्डमै कार्यरत थिए । मृतकका परिवारले पाउने ८ लाख रकम नासु अधिकारीले खाएको आरोप लागेको थियो ।

तर यो प्रकरणमा मुद्दा नचली उनी छुटेको पाइएको छ । पीडित परिवारलाई उक्त ८ लाख रकम फिर्ता गरेपछि पीडित पक्ष र नासु अधिकारीबीच मिलापत्र भएर मुद्दा नचलेको पाइएको हो । ८ लाख रुपैयाँ फिर्ता गरेपछि उम्केका उनै नासु अहिले फेरि त्यस्तै प्रकरणमा सीआईबीको हिरासतमा छन् ।

उनीसहितको समूहले विदेश गएर फर्केकी काभ्रेकी सोमा थिङको मृत्यु भएपछि नक्कली कागजात बनाएर १० लाख रकम असुल्न खोजेको पाइएको थियो । त्यसपछि नासुसहित ६ जनालाई पक्राउ गरेर अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।

उनीहरूमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?