
१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक असार १४ गते शनिबार बिहान ९ बजेका लागि बोलाइएको हो ।
बैठकमा भिजिट भिसा प्रकरणसँगसँग सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य मनिष झाले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएको छ ।
मन्त्रिपरिषद बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरे पनि रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4