+
+
Shares

मोरङमा ५ वर्षीया बालिकाको हत्या, अनुसन्धानका लागि एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १२:१५
बालिकाको शव फेला परेको स्थान ।

१४ असार,विराटनगर । मोरङको धनपालथानमा बालिकाको शव फेला परेको छ । शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाकी ५ वर्षीय आत्तिका सरदारको शव फेला परेको हो ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि बलात्कारपछि हत्या भएजस्तो देखिन्छ । बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोटको डाम छ ।

काकासँग सुतेकी बालिका आज बिहान करिब ३ बजे राति बेपत्ता भएपछि बिहान करिब ५ बजे प्रहरीलाई खबर गरेका थिए ।

शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा अधारभूत विद्यालयको बाहिर खेतबारीमा बालिकाको शव फेला परेको थियो ।

शव भेटिएपछि अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले जानकारी दिए । उनका अनुसार बालिकाको हत्याको अनुसन्धानका लागि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ ।

बलात्कार भएनभएको विषय पोष्टमार्टम रिपोर्टपछि खुल्ने उनले बताए । ‘अहिले यसै भन्न सकिंदैन, अनुसन्धान भइरहेको छ’, उनले भने, ‘पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्छ ।’

बालिकाको पोष्टमार्टमका लागि शव कोशी अस्पताल विराटनगर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?