१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् ।
स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ ।
संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ
कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा २१ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भ्रमण अघि आजै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4