१५ असार, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु हुनेछ ।
हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।
दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो ।
समूह ए मा नेपालभन्दा २ खेल बढी खेलेको सिंगापुर ४ खेलबाट ३ जितसहित ६ अंक जोडेर शीर्षस्थानमा छ भने २ खेलमा ४ अंक भएको नेपाल दोस्रोमा छ ।
यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।
नेपालले यसपछि भुटानसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4