
१५ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलले न्याय सम्पादन गर्ने सिलसिलामा अनुचित प्रभाव, प्रलोभन र धम्की आउन सक्ने अनुमान गर्न सक्ने बताएका छन् ।
आइतबार संसदीय सुनुवाइका क्रममा पोखरेलले आफूले न्यायाधीशको जिम्मेवारी पाएको खण्डमा सबै खालका प्रभावबाट माथि उठेर कार्य सम्पादन गर्ने प्रतिजवद्धता जनाए ।
‘मेरो बिचारमा पहिलो दर्शन भनेकै न्यायपालिका स्वातन्त्र र निस्पक्ष हुनुपर्छ’, उनले भनेका छन्, ‘न्यायापािलकामा धेरै अवरोधहरू, अनुचित प्रभावहरू आउन सक्छन् । प्रलोभन धम्की सबै आउन सक्छन् । म त्यो अनुमान गर्न सक्छु । त्योभन्दा माथि उठेर निर्णय गर्नुपर्छ भन्ने विश्वास राख्छु ।’
कहिलेकाही कार्यपालिका र न्यायपालिकाको सम्बन्धको कुरा पनि बहस आउने गरेको स्मण गर्दै उनले भनेका छन्, ‘राजनीतिकरण भयो भने पनि धेरै प्र्रश्न उठिरहन्छ । राज्यका अंगहरूको खाका संविधानमै छ । कुनै पनि अंग निरकुश बन्न सक्दैन ।’ संविधान अनुसार सबैले काम गर्नुपर्ने र यसो हुँदा समस्या नआउने उनको विश्वास छ ।
प्रतिक्रिया 4