+

रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा

२०८२ असार  १८ गते ७:२३ २०८२ असार १८ गते ७:२३
रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्‍यो।
  • रियलले युभेन्ट्सलाई १-० ले पराजित गर्‍यो।
  • गोल गोन्जालो गार्सियाले ५४औं मिनेटमा गरे।

१८ असार, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा इटालियन क्लब युभेन्ट्सलाई १-० ले हराउँदै रियलले अन्तिम ८ मा स्थान बनाएको हो ।

रियलको जितमा दोस्रो हाफमा गोन्जालो गार्सियाले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । उनले ५४औं मिनेटमा गोल गरेका थिए ।

रियलले खेलमा दर्जनबढी अवसरहरू सिर्जना गरेपन टार्गेटमा भने कमै शट राखेको थियो जहाँ गोलकिपर ग्रिगेरियोले सेभ गर्दै अग्रता बढाउनबाट जोगाएका थिए ।

युभेन्ट्सले पनि केही अवसरहरूको सदुपयोग गर्न सकेन ।

रियलले अब सेमिफाइनल प्रवेशका लागि बोरुसिया डर्टमुन्ड र मोन्टेरेबीचको विजेतासँग खेल्नेछ ।

फिफा क्लब विश्वकप रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय