
१८ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कर्मचारीको कुलिङ पिरियडको विषयमा भएको हेरफेर त्रुटि नभई अपराध भएको बताएकी छन् । उनले यसबाट कर्मचारीप्रति सांसदहरुको र सांसदप्रति जनताको विश्वास गुमेको समेत बताइन् ।
राज्यव्यवस्था समितिको आजको बैठकमा बोल्दै सांसद प्रसाईंले कर्मचारीहरुलाई भनिन्, ‘तपाईंहरु स्थायी सरकार हो, हामी जनताका प्रतिनिधिहरु हौं । यस्तरी जनता र पार्लियामेन्ट माथि अपराध गर्ने काम नगरौं ।’
उनले कर्मचारीलाई प्रश्न गरिन्, ‘कुलिङ अफ पिरियड त ड्राइभर र खरदारलाई अरे । यस्तै समितिले पास गरेर तपाईंहरुलाई लेख्न जिम्मा दएको थियो यो ? के गरेको यो ? संसदलाई फेलियर तिर लगेर कता जान खोजेको हामी ?’
उनले समितिका सचिव सुरजकुमार दुराको नाम लिँदै उनीप्रति चित्त दुखेको बताइन् ।
सांसद प्रसाईंले उच्चस्तरीय छानबिन गरी अपराध कर्ममा संलग्नलाई कारबाहीको माग गरिन् । उनले भनिन्, ‘यो खेल सामान्य खेल पनि होइन । यो त्रुटि होइन, यो अपराध हो । यसलाई संसदीय उच्च छानबिन समिति बनाएर कोको दोषी हो, यो सबै कुरामा सभापतिजीले जिम्मा लिनु पनि पर्छ ।’
साथै समितिको सभापति भएको नाताले सांसद रामहरि खतिवडाले यो अपराध कर्मको जिम्मा लिनुपर्ने प्रसाईंले बताइन् । यदि दोषी पाइए सभापति खतिवडालाई पनि कारबाही हुनुपर्ने उनले बताइन् ।
समितिको सभापति उहाँ पनि हो । उहाँले जिम्मा लिँदै अहिले राजीनामा गरेर हिँड्दाखेरि यो समिति कताकता पुग्छ, छानबिन समिति बनाएर कारबाहीको दायरामा आएपछि सभापति जिम्मेवारी हो भने उहाँ पनि कारबाहीको भागीदार हुनुपर्छ,’ उनले भनिन् ।
प्रतिक्रिया 4