+

रियल मड्रिडको रंगशाला सान्टियागो बर्नबाउमा पुगे प्रधानमन्त्री ओली

२०८२ असार  १९ गते १६:०१ २०८२ असार १९ गते १६:०१
रियल मड्रिडको रंगशाला सान्टियागो बर्नबाउमा पुगे प्रधानमन्त्री ओली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली १९ असारमा स्पेनको सान्टियागो बर्नबाउ भ्रमणमा पुगे।
  • उनले रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउको भ्रमण गरेका हुन्।
  • प्रधानमन्त्री ओलीले संसदमा स्पेन भ्रमणको जानकारी दिएर रियल मड्रिडका अधिकारीहरूलाई भेट्ने बताएका थिए।

१९ असार, काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्पेनी महारथी क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउ पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।

मिगेलले क्लबको लामो इतिहास,सफलताका यात्रा र भविष्यका योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सो क्रममा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायतका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

यसअघि प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको जानकारी संसदमा गराउँदा आफूले रियल मड्रिडका अधिकारीहरूलाई भेट्ने बताएका थिए ।

सान्टियागो पुगेर उनले ‘केपी ओली’ लेखिएको जर्सी पनि फहराएका छन् ।

स्पेनी महारथी फुटबल क्लबका रूपमा चिनिने रियल मड्रिड सन् १९०२ मा स्थापना भएको हो।रियल मड्रिडले कीर्तिमानी १५ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ।

मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउ सन् १९४७ देखि प्रयोगमा आएको हो, जसलाई पछिल्लो समय आधुनिक प्रविधियुक्त बहुउपयोगी रंगशालाका रूपमा पुनर्निर्माण गरिएको छ।

८०० मिलियन युरो लागतमा पुनर्निर्मित यो रंगशालामा रोलिङ पिच, ३६० डिग्री एलइडी स्क्रिन, प्रतिकूल मौसममा पनि खेल सञ्चालन गर्न मिल्ने छाता संरचना, कन्सर्ट, इ-स्पोर्ट्स, प्रदर्शनी लगायतका बहुउपयोगी सुविधाहरू छन्।

पुन:निर्माणका क्रममा कोभिड महामारीका बेला यो रंगशालालाई अस्थायी अस्पतालका रूपमा समेत प्रयोग गरिएको थियो। २०३० को फिफा विश्वकपको सम्भावित फाइनल खेल यही रंगशालामा हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे मड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। आजै राति एक सातादेखिको औपचारिक भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

तस्वीर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओली रियल मड्रिड
लेखक
वसन्त रानाभाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय