+
एसीसी यू-१६ इस्ट जोन कप :

फाइनल खेलमा नेपालले टस हार्‍यो

२०८२ असार  २१ गते ७:२४ २०८२ असार २१ गते ७:२४
फाइनल खेलमा नेपालले टस हार्‍यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले यू-१६ इस्ट जोन कपको फाइनलमा सिंगापुरविरुद्ध टस हारेको छ।
  • सिंगापुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि खेल मलेसियाको वाइएसडी ओभलमा सुरु भएको छ।
  • नेपालले यस प्रतियोगितामा अपराजित रहँदै उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।

२१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलअन्तर्गत सिंगापुरविरुद्ध नेपालले टस हारेको छ ।

सिंगापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दै छ ।

फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा अहिले विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

एसीसी यू-१६ इस्ट जोन कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय