+
+
Shares

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते १८:२९

२१ असार, बुटवल । बसको ठक्करबाट पश्चिम नवलपरासीमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।​

जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने  १८ वर्षका राहुल राजभरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले भोला र राहुल सवार लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका डीएसपी पन्तले बताए ।

बसका चालक रामग्राम इमिलीटोल बस्ने ३१ वर्षीय सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?