+

उपाधि विजेता यू-१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको सम्मान

२०८२ असार  २३ गते १२:२६ २०८२ असार २३ गते १२:२६
उपाधि विजेता यू-१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपतिबाट नेपाली यू-१६ क्रिकेट टोलीलाई सम्मान गरिएको छ।
  • एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई राष्ट्रपति कार्यालयमा सम्मानित गरिएको हो।

२३ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप विजेता नेपाली क्रिकेट टोली राष्ट्रपतिबाट सम्मानित भएका छन् ।

सोमबार विहान राष्ट्रपति कार्यालयमा एक कार्यक्रम गरी खेलाडीहरूलाई सम्मान गरिएको हो ।

नेपाली यू-१६ टोलीले शनिबार एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको थियो ।

लगातार यू-१६ क्रिकेटको उपाधि जितेको नेपालै टोलीले यसअघि सन् २०१७ र २०१९ मा भएको इस्टर्न रिजन प्रतियोगिता जितेको थियो ।

त्यस्तै २०२३ मा यू-१६ इस्ट जोन कपकै नामको प्रतियोगिता नेपालले जितेको थियो ।

नेपाली टोली आइतबार बेलुकी स्वदेश फर्किएको हो ।

नेपाली यू-१६ क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय