+
+
Shares

वैदेशिक रोजगारीको कथामा फिल्म ‘बाकस’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा नवीन पन्तले निर्देशन गर्ने फिल्म 'बाकस' निर्माणको घोषणा गरिएको छ।
  • फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गर्नेछ र नेपाल तथा विदेशमा छायांकन हुनेछ।
  • फिल्मको प्रि–प्रोडक्सन चरणमा छ र २०८३ सालमा प्रदर्शन हुने जनाइएको छ।

काठमाडौं । गुरु पूर्णिमाको अवसरमा विहिबार नयाँ फिल्म ‘बाकस’ निर्माणको घोषणा गरिएको छ ।

पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्मलाई नवीन पन्तले निर्देशन गर्नेछन् । वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्ने फिल्मको पटकथा पन्तले लेखेका छन् ।

नेपाल र विदेशमा छायांकन गर्ने जनाइएको यो फिल्म अहिले प्रि–प्रोडक्सन चरणमा छ । कलाकार र प्राविधिक छनोटको कार्य बाँकी रहेको निर्देशक पन्तले अनलाइनखबरलाई दिए ।

फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत हुनेछन् । तिहारपछि छायांकन सुरु हुने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?