+
+
Shares

युरोपबाट उदाएका गायक

सन् २००९ मा रोजगारीको सिलसिलामा इजरायल पसेका तुलसी जर्मनीको ह्यामबर्ग आइपुग्दासम्म ‘गायक तुलसी शिवाकोटी’ बनिसकेका छन् ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ असार २६ गते १३:३४

लिस्वन (पोर्चुगल) । १६ वर्षअघि परदेश हिँड्दा झापाका तुलसी शिवाकोटीले कमाउने र उन्नत जीवन बाँच्ने सपना सजाएका थिए ।

नेपाल रहँदा गीत-संगीतप्रतिको लगावले कोरेको कलाकार बन्ने अर्को सपनाले भने उनलाई परदेशमा पनि चिमोट्न छाडेन ।

सन् २००९ मा रोजगारीको सिलसिलामा इजरायल पसेका तुलसी अहिले जर्मनीको ह्यामबर्ग आइपुग्दासम्म ‘गायक तुलसी शिवाकोटी’ बनिसकेका छन् ।

तीन साताअघि मात्रै (जुन २, २०२५) मा ‘बेला बेलामा’ बोलको गीत बजारमा ल्याएका उनले ‘परदेशीको तीज’ बोलको गीत बजारमा ल्याउन लागेका छन् ।

३८ वर्षीया तुलसी गीत-संगीतमा लागेको १५ वर्ष भयो । ‘नेपालमा हुँदा कार्यक्रमहरूमा गाउँथें ।

पढाइसँगै सांगीतिक क्षेत्रमा प्रवेश गर्नुपर्छ भन्ने स्कुले जीवनदेखि लागिरहन्थ्यो,’ उनी भन्छन्, ‘बिहान-बेलुका रेडियोमा घण्टौंसम्म नेपाली गीत र गायक-गायिकाको अन्तर्वार्ता सुनेर आफू पनि गायक बन्ने कल्पना गर्थें ।’

अहिले उनलाई गीत-संगीतका कार्यक्रमबाट फुर्सद नै छैन । ९ अगस्टमा पोल्यान्डमा सांगीतिक कार्यक्रम आयोजना हुँदैछ ।

पोल्यान्डका नागरिकको तर्फबाट नेपाली समुदायका लागि आयोजना गरिएको उक्त सांस्कृतिक र सांगीतिक कार्यक्रममा मुख्य आकर्षकको रूपम उनको फोटो राखेर आयोजकले प्रचार सामग्री बनाएको छ ।

१७ सेप्टेम्बरमा साइप्रसमा हुने कार्यक्रममा समेत तुलसीलाई निमन्त्रणा आएको छ । अगस्ट २ मा स्विजरल्यान्डको जेनेभामा हुने कार्यक्रममा पनि कुरा भइरहेको उनी सुनाउँछन् ।

निम्तो पाएको जति कार्यक्रममा पुग्न समय मिलाउन मुस्किल परेको छ,’ उनी भन्छन्, ‘दुई वर्षदेखि नेपाली र विदेशी समुदायले आयोजना गर्ने कार्यक्रमबाट धेरै अफर आइरहेको छ ।’

युरोपको पोर्चुगल, फ्रान्स र डेनमार्ड बाहेक सबै देशमा तुलसीले आफ्नो सांगीतिक प्रस्तुतिहरू राखिसकेका छन् । बेलायत, जर्मनी, स्विजरल्यान्ड जस्ता मुलुकमा त उनले दर्जनौं प्रस्तुति दिइसकेका छन् ।

उनी हिजोआज आफ्नो गीत रेकर्डिङ आफैं गरेर नेपाल पठाउँछन् अनि गीतको सम्पादन, छायांकन नेपालमा हुन्छ । गीतको चाप पछिल्लो समय बढेपछि उनले जर्मनीस्थित घरमै ‘मिनी स्टुडियो’ तयार गरेका छन् । ५ हजार यूरो (करिब ८ लाख रुपैयाँ) को लगानीमा उनले घरमा स्टुडियो तयार गरेका हुन् ।

मुख्यतः लोक तथा आधुनिक गायनमा सक्रिय तुलसीको पहिलो गीत स्पेनमा रहँदा सन् २०१३ मा रेकर्ड भएको हो । त्यसयता उनले ४० भन्दा बढी गीत रेर्कड गरिसकेका छन् ।

मुख्यतः लोक तथा आधुनिक गायनमा सक्रिय तुलसीको पहिलो गीत स्पेनमा रहँदा सन् २०१३ मा रेकर्ड भएको हो । त्यसयता उनले ४० भन्दा बढी गीत रेर्कड गरिसकेका छन् ।

नेपाली चलचित्र ‘फिक्का’ को शीर्ष गीतमा उनको पार्श्व गायन छ । आफ्नो गीति एल्बम ‘मुहार’ समेत उनले बजारमा ल्याएका छन् ।

युरोप तथा मध्यपूर्वका देशहरूमा सन् २०१५ देखि पारिश्रमिक लिएर गाउने गरेका तुलसी नेपाली परम्परा र नेपाल चिनाउने प्रस्तुति दिन्छन् ।

नेपाली दर्शक सहभागी कार्यक्रममा विशेषगरी उनलाई ‘हे माया’, ‘चटपटेको ठेला’, ‘काठमाडौंमा’, ‘सुस्तरी सुस्तरी’ लगायतका गीत गाउन आग्रह हुने गरेको छ ।

पछिल्लो समय उनको गीत ‘अन्त नसरे’ पनि श्रोता-दर्शकको रोजाइमा पर्न थालेको छ । ‘जुन देशमा र जुन परिवेशमा रहँदा पनि नेपाली संगीतमै तल्लिन हुन पाउँ,’ तुलसी भन्छन्, ‘नेपाली संगीत क्षेत्रमा एउटा इँटा भने पनि थप्न सकुँ भन्ने मेरो उद्देश्य हो ।’

व्यस्त जीवनलाई व्यवस्थापन गरेर प्रस्तुति दिइरहेका तुलसीलाई श्रीमती रञ्जिताको साथ र सहयोग छ । तुलसी दैनिक ८ घण्टा रेष्टुरेन्टमा कुकको काम गर्छन् ।

विदेशमा दैनिक जीवन धान्नका लागि मजदुरी गर्नुपर्ने अवस्थालाई कायम राख्दै गायनलाई निरन्तरता दिइरहेको कारण युरोपमा हुने विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो माग भइरहेको उनी बताउँछन् ।

‘मेरो निरन्तरताले नै युरोपका नेपाली आयोजकहरूसँग जोडिरह्यो अनि दर्शक-श्रोताको माया पनि उत्तिकै पाइरहेको छु,’ तुलसी भन्छन् ।

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?