
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साह नजिकै बसले ठक्कर दिँदा ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको छ।
- धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराले जानकारी दिए।
- बस चालक जगत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२६ असार, धनगढी । कञ्चनपुरमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका-१ बन्साह नजिकै बेलौरीबाट महेन्द्रनगरतर्फ गइरहेको सुपप्र०२००१ख ९२९ नम्बरको बसको ठक्करबाट सोही वडाको गणेशपुर बस्ने ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएकी भट्टको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराले जानकारी दिए ।
उनकाअनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
बस चालक शुक्लाफाँटा नगरपालिका १० झलारी बस्ने ३८ वर्षीय जगत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4