News Summary
Generated by OK AI. Editorially reviewed.- साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी चेतनारायण श्रेष्ठलाई दिइएको छ।
- एन्फा महासचिव किरण राईले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
- प्रतियोगिता अगस्ट २० देखि ३१ सम्म भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुनेछ र नेपालले उद्घाटन दिन भारतविरुद्ध पहिलो खेल खेल्नेछ।
२६ असार, काठमाडौं । आगामी अगस्ट २० देखि भुटानमा सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी चेतनारायण श्रेष्ठलाई दिइएको छ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले श्रेष्ठलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। श्रेष्ठ यसअघि विभिन्न उमेर समूहका महिला टिमको प्रशिक्षणमा संलग्न रहिसकेका अनुभवी प्रशिक्षक हुन्।
बुधबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको थियो । प्रतियोगिता अगस्ट २० देखि ३१ सम्म भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुनेछ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन्। प्रतियोगिता डबल राउण्ड रोबिन लिग प्रणालीमा हुनेछ, जसअनुसार सबै टोलीले एक–अर्काविरुद्ध दुईपटक खेल्नेछन्।
लिग चरणको अन्त्यमा सबैभन्दा बढी अंक बटुल्ने टोली च्याम्पियन घोषित हुनेछ।
नेपालले प्रतियोगिताको उद्घाटन दिन अर्थात् अगस्ट २० मा भारतविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ।
प्रतिक्रिया 4