+
+
Shares

एमआरपी नराख्ने २ उद्योगलाई सवा २ लाख जरिबाना

अनुगमन क्रममा काठमाडौं महानगरपालिका-१ नक्सालमा रहेको मसल फार्म स्टोरलाई २ लाख ५ हजार रुपैयाँ र टोखा नगरपालिका-११ को शिवम् सोनु ट्रेडर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १९:१६

२६ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार दुई उद्योग तथा फर्मलाई २ लाख २५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत बिहीबार १६ वटा फर्म तथा उद्योग अनुगमन गरेको थियो ।

अनुगमन क्रममा काठमाडौं महानगरपालिका-१ नक्सालमा रहेको मसल फर्म स्टोरलाई २ लाख ५ हजार रुपैयाँ र टोखा नगरपालिका-११ को शिवम् सोनु ट्रेडर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

यी दुई कम्पनीले आफ्ना उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको र अनुगमन टोलीलाई अनुगमनमा असहयोग गरेपछि उक्त जरिबाना तिराइएको विभागले जानकारी दिएको छ ।

यस्तै विभागले आज अनुगमन गरेकामध्ये ६ उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन र ८ उद्योगलाई सामान्य निर्देशन दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्ता ठगिनबाट जोगाउन एमआरपी सहित लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?