News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले भारतमा हुने दोस्रो महिला कबड्डी विश्वकपका लागि टोली घोषणा गरेको छ ।
- मानमती बिष्टले टोलीको कप्तानी गर्नेछिन् भने जयन्ती बडू उपकप्तान छिन् ।
- नेपाली महिला कबड्डी टिमले १९औं एसियन गेम्स र एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको थियो ।
२६ असार, काठमाडौं । भारतमा हुने दोस्रो महिला कबड्डी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
अखिल नपाल कबड्डी संघ बिहीबार १४ सदस्यी टोली तथा २ जना वैकल्पिक खेलाडीहरूको नाम सार्वजनिक गरेको हो ।
टोलीको कप्तानमा मानमती बिष्ट छिन् भने उपकप्तानमा जयन्ती बडू छिन । अन्य खेलाडीहरूमा मेनुका राजबंशी, रबिना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सृजना थारु, सृजना धानुक, मनिषा जोशी, उरुषा शाक्य, आस्मा यादव, बिनिता पण्डित छेत्री र संजु थामी छन् ।
नानु माया पराजुली र खिम माया खत्री वैकल्पिक खेलाडीको रुपमा रहेको संघले जनाएको छ ।
महिला कबड्डी विश्वकपक अर्को महिला साउन १८ गतेदेखि भारतको हैदराबादमा सुरु हुनेछ ।
छनोट भएका खेलाडीहरुलाई विश्वकपको तयारीका लागि शुक्रबारदेखि सुरु हुने प्रशिक्षणमा अनिवार्य उपस्थित हुन संघले जानकारी गराएको छ ।
पछिल्लो समय नेपाली महिला कबड्डी टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गरिरहेको छ । सन् २०२३ मा चीनमा भएको १९औं एसियाडमा नेपाली महिला कबड्डी टिमले ऐतिहासिक कांस्य पदक जितेको थियो ।
यस्तै गत वर्ष फागुनमा इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टिमले कांस्य पदक जितेको थियो ।
प्रतिक्रिया 4