+
+
Shares

पार्टीले बिदा गर्छ भने जान तयार छु : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १८:३६

२७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।‘

उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको बताए । ‘मेरो कुरा गर्ने हो भने ममा आँट छ। पार्टी बनाएर अगाडि बढ्ने कुराको सन्दर्भमा चुनौतीका साथ मैले भन्न चाहन्छु, यस्ता चुनौतीको सामना गर्दै आइएको छ। फेरि पनि चुनौतीको सामना गरिन्छ।‘

उनले थपे, ‘मेरो मान्यता छ- नबिराउनु, नडराउनु। मैले जीवनमा एक पैसा कसैको घुस खाएको छैन। मागेको मात्रै होइन, दिन आएकोलाई पनि अस्वीकार गरेको छु।‘

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूलाई परिवारले दिएको संस्कारमा गौरवबोध गर्ने उल्लेख गर्दै भने, ‘बुवाले त्यही संस्कार मलाई सिकाउनुभयो– बाबु, तिमी मिहिनेत गर।‘

उनले थपे, ‘कसैले मलाई भ्रष्टाचारको आरोप लगाउँछ भने अब धेरै बोल्न भएन। …तर म धेरै नरम  मान्छे हुँ। झोक चलेपछि मभन्दा कडा मान्छे कोही पनि छैन। त्यसपछि म वार कि पारको लडाइँ लड्ने मान्छे हुँ।‘

उनले संविधानको २३९ नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार तोकेको र यो संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारीको हकमा यो उपधारा अर्थात् अनुसन्धान गर्ने र तहकिकात गर्ने काम गर्न पाउने छैन, अख्तियारले पाउँदैन भनेको दाबी गरे ।

नेपालले धनुषामा हजारौं मान्छेले ‘तपाईं खुट्टा नकमाउनुहोस् कमरेड! मैदान छोडेर नभाग्नुस् तपाईं‘ भनेको उल्लेख गर्दै आफूले मैदान नछाड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?