+

साफ यू-२० महिला च्याम्पियनसिप : पहिलो हाफमा भुटान विरुद्ध नेपाललाई ३-० को अग्रता

२०८२ असार  २७ गते १९:४२ २०८२ असार २७ गते १९:४२
साफ यू-२० महिला च्याम्पियनसिप : पहिलो हाफमा भुटान विरुद्ध नेपाललाई ३-० को अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशमा सुरु भएको साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटान विरुद्ध पहिलो हाफमा ३-० को अग्रता बनाएको छ।
  • नेपालका लागि सेनु परियारले दुई तथा पूर्णिमा राईले एक गोल गरिन्।
  • खेल बसुन्धरा एरेनामा भइरहेको छ।

२७ असार, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटान विरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता बनाएको छ ।

बसुन्धरा एरेनामा भइरहेको खेलको पहिलो हाफमा नेपालले ३-० को अग्रता बनाएको हो  ।नेपालका लागि सेनु परियारले दुई तथा पूर्णिमा राईले एक गोल गरिन् ।

सेनुले नवौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट विपक्षी गोलकिपरलाई चिप गर्दै गोल गरिन् । यस्तै पूर्णिमाले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । वर्षाले नै दायाँ भागबाट दिएको क्रसममा पूर्णियाले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरिन् ।

त्यसपछि सेनुले ४५औ् मिनेटमा गोल गर्दै नेपालको अग्रता ३-० पुर्‍याइन् । वर्षाले नै बक्स बाहिर दिएको पासमा सेनुले विपक्षी खेलाडीलाई छलाउँदै बल बक्स भित्र पुर्‍याएर व्यक्तिगत दोस्रो गोल गरिन् ।

 

साफ यू-२० महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय