+
+
Shares

२ महिनामा सुर्खेतमा लागुऔषधसहित ४४ पक्राउ

७ किलो लागुऔषध बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो दुई महिनामा ७ किलो लागुऔषध बरामद गरी ४४ जनालाई पक्राउ गरेको छ।
  • प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले ब्राउन सुगर, चरेस, अफिम, गाँजा र ट्याब्लेट बरामद भएको जानकारी दिए।
  • सामाजिक अपराध नियन्त्रणका लागि प्रहरीले जुवा खेल्ने २१ जना र वेश्यावृत्ति कसुरमा २८ जनालाई पनि पक्राउ गरेको छ।

२९ असार, कर्णाली । सुर्खेतमा पछिल्लो दुई महिनामा ७ किलो लागुऔषध बरामद भएको छ । लागुऔषधसहित ४४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।

‘यो दुई महिनाको अवधिमा हामीले करिब सात किलोग्राम लागुऔषध बरामद गर्नुका साथै ४४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी शाहीले बताए, ‘पक्राउ पर्नेमा पाँच महिला र ३९ पुरुष छन् ।’

उनका अनुसार दुई महिनाको अवधिमा ब्राउन सुगर ३५ ग्राम ३४० मिलीग्राम, चरेस १७ ग्राम ३६० मिलीग्राम, अफिम पाँच किलोग्राम ५४० ग्राम, गाँजा दुई सय ४० ग्राम र तीन सय ६२ वटा टयाब्लेट विभिन्न लागुऔषध बरामद गरिएको छ ।

अपराधका अन्य घटनामा पनि प्रहरीले कडाइ गरेको र यसक्रममा जुवातास खेल्ने २१ जना पक्राउ परेको एसपी शाहीले बताए । सामाजिक सदाचार तथा वेश्यावृत्ति कसुरमा तीन होटल सञ्चालक, १२ पुरुष, १२ महिला तथा एक जना एचआइभी सङ्क्रमित महिला पक्राउ परेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?